Sagun Khabar
बैतडीको सिगासमा एक कर्मचारी मृत भेटिए 
Atrya hospital

बैतडी –बैतडीको सिगास गाउँपालिकामा नयाँ नियुक्तिका लागि गाउँपालिका तर्फ जाँदै गरेका एक कर्मचारी मृत भेटिएका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनौट भएका कञ्चनपुरको बेदकोट नगरपालिकाका ३६ बर्षीय मीनराज भट्ट आइतबार मृत भेटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

नियुक्ति बुझ्नका लागि गाउँपालिका तर्फ जाँदै गरेका भट्टले एक्कासी पेट दुख्यो भनेको र सिगास गाउँपालिका २ कुर्चेनेटा भन्ने स्थानमा एक्कासी ढली मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक शाहीले बताए । 

नियुक्ति बुझ्नका लागि गाउँपालिका तर्फ जाँदै गरेका भट्ट एक्कासी पेट दुखेपछि अस्पताल जान्छु भनि बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५ सय मिटर वर आउँदा एक्कासी ढलेको बताइएको छ । भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन् । 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update