Sagun Khabar
बैतडी जिप दुर्घटना : जिप साहु र चालक प्रहरी नियन्त्रणमा 
Atrya hospital

बैतडी –बैतडीको सिगास गाउँपालिका ३ लगनमा आइतबार बिहान जिप दुर्घटना हुँदा फरार रहेका जिप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । दुर्घटना हुने बित्तिकै फरार रहेका जिप साहु सिगास गाउँपालिका ३ का ४४ बर्षीय हरिभान साउँद र चालक १९ बर्षीय खगेन्द्र साउँदलाई उनीहरुको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

दुवैजनालाई इलाका प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भईरहेको उनले बताए । आइतबार बिहान जिल्लाको सिगास गाउँपालिका ३ लगनखेलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update