बैतडी – बैतडीमा राजयोग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग सेवा केन्द्र पाटन बैतडीको आयोजनामा यही भदौ ९ गतेदेखि सञ्चलन भएको राजयोग प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।
विरेन्द्र मावि शाहीलेकमा सञ्चालन भएको राजयोग प्रशिक्षण कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो । राजयोगद्वारा शान्त मन आनन्दमय स्वस्थ जीवनका लागि सकारात्मक परिवर्तन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बह्रमाकुमारी बिमला बोहराले बताइन् । । कार्यक्रममा मोटीभेशनल कोच रमण भट्टराईले प्रशिक्षण दिएका थिए ।
यस्तै कार्यक्रममा राजयोग प्रशिक्षिका बह्रमाकुमारी हिरा दिदिको समेत सहभागिता रहेको थियो । जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बह्रमाकुमारी ईश्वरीय विश्वविद्यालयले जनाएको छ ।