Sagun Khabar
बैतडीको डिलाशैनीमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाको १०औँ गाउँसभा आइतबारदेखि शुरु भएको छ । कृषि, पर्यटन र पूर्वाधार, सम्बृद्धिको मूल आधार भन्ने नाराका साथ शुरु भएको गाउँसभाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । 

आज शुरु भएको गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको र अर्को बैठकले बजेट पारित गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक  बर्षमा पनि कृषि, शिक्षा र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । युवा स्वरोजगारलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । 

Atrya hospital

यस्तै आगामी आर्थिक बर्षमा अध्यक्ष रोजगार कार्यक्रम समेत संचालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए । यसैगरी पर्यटन क्षेत्र विकासको मूल आधार भएको भन्दै पर्यटनलाई पनि प्राथमिकतामा राखिएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

पर्यटन प्रर्वद्धन अन्तरगत सांस्कृतिक सम्पदा तथा पदमार्गहरु निर्माण गरिने बताइएको छ । आज भएको गाउँसभाले अधिकांस पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जिल्लाका अन्य स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम र बजेट सभामा पेश गरेको भएपनि डिलाशैनीले ढिलो गरि सभामा नीति तथा कार्यक्रम पेश गरेको हो । 

गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि अनुमानित ५४करोडको बजेट ल्याउने तयारी गरेको छ । यस्तै गाउँपालिकाले पालिका भित्र रहेका टुहुरा बालबालिकाहरुलाई मासिक भत्ता दिने भएको छ । आमाबुवा गुमाएका १६बर्ष मुनिका बालबालिका तथा किशोरकिशोरीलाई हरेक महिना ५सयका दरले बाल संरक्षण अनुदान भत्ता दिइने गाउँपालिकाले जनाएको छ । आज सार्वजनिक गरिएको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा उक्त कुरा समाबेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहले बताए । 

सानैमा आमाबुवा गुमाएका टुहुरा बालबालिकाहरु लाई गाउँपालिकाले संरक्षण दिन खोजेको उनले बताए । टुहुरा बालबालिकाहरुको जिविकोपार्जन तथा पढाई खर्चका लागी भन्दै उक्त कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update