Sagun Khabar
सुदूरपश्चिममा आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, ३५ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका कुनै जिल्लाबाट पनि कोरोनाबाट मृत्यु भएको विवरण प्राप्त नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८३३ जनाको कोरोना परीक्षण गर्दा थप २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update