Sagun Khabar
बैतडीमा आइतबार १३ जनाले कोरोना जिते, थप ६ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा आइतबार एकै ठाउँका १३ जनाले कोरोना जितेका छन् । पाटन नगरपालिका वडा नं १ का १३ जना संक्रमितले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै आइतबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । दोगडाकेदार गाउँपालिका ७ का ५ जना र पाटन नगरपालिका १ का एकजनामा कोरोना पुष्टि भएको हो । 

Atrya hospital

अहिले जिल्लामा ७७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा १८ जना, दशरथचन्द नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना, डिलाशैनी गाउँपालिकामा ९ जना र सुर्नया गाउँपालिकामा ८ जना रहेका छन् । 

यस्तै मेलौली नगरपालिकामा ५ जना, शिवनाथ गाउँपालिकामा ५ जना, सिगास गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका ५ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update