बैतडी- बैतडी घर भएका बरिष्ठ एवं चर्चित देउडा गायक महेश कुमार औजी डेउडा रत्न पुरस्कारबाट पुरस्कृत भएका छन् । सोमबार काठमाण्डौको प्रज्ञा भवन कमलादिमा आयोजित कार्यक्रममा उनि नगद सहित हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित भएका हुन् ।
हिमाल डेन्टल अस्पतालले दिदै आएको हिमाल देउडा रत्न पुरस्कार यस वर्ष गायक औजीले पाएका हुन् । १ लाख २५ हजार १ सय ५१ राशिको हिमाल देउडा रत्न पुरस्कार २०८० बाट उनि सम्मानित भएका हुन् । काठमाण्डौको प्रज्ञा भवन कमलादिमा अयोजित देउडा साँझ कार्यक्रमा बष्ठि देउडा गायक औजी पुरस्कृत भएका हुन् ।
हिमाल डेन्टल हस्पीटलका अध्यक्ष डा.राजेन्द्र भट्टको उपस्थितिमा पूर्व प्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द र केपी शर्मा ओलीबाट आफुले पुरस्कार ग्रहण गरेको गायक औजीले बताए । लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित औजीको योगदानको कदर गर्दै नगरद सहित पुरस्कृत गरिएको अस्पतालका अध्यक्ष डा.राजेन्द्र भट्टले बताए ।
प्रत्येक वर्ष हिमाल डेन्टल अस्पतालले देउडा गायक तथा सर्जकहरुलाई हिमाल देउडा रत्न पुरस्कार दिदै आएको छ । यस अघि देउडा गायक अन्तराम विष्ट पनि नगद सहित हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित भएका थिए । हिमाल देउडा रत्न पुरस्कारबाट सम्मानित हुँदा खुसि लगोको उनले बताए । गायक औजीले सुदूरपश्चिमेली भाषाका ५ सय बढी गीतमा स्वर दिनुका साथै १ सय बढी गीत श्रृजना गरेका छन् ।
अनिता एइबिराना देश मत, कलेजी कटौन्या माया लगायतका थुप्रै चर्चित देउडा गीत गाएर आफनो पहिचान बनाएका औजी दर्शक स्रोताको मन मुटुमा बस्न सफल छन् । गायक औजीले सोर दिएका गीतहरु सबैले मन पराउँछन् । बैतडीको पञ्चेश्वर बिजुलमा जन्मेका गायक औजी अहिले राष्ट्रिय कलाकारका रुपमा स्थापित छन् ।