Sagun Khabar
बैतडीमा जिप दुर्घटना : मृत्यु हुने संख्या ३ पुग्यो  

 बैतडी –बैतडीको सिगासमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

यसअघि सो दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको पनि मृत्यु भएको थियो । 

Atrya hospital

सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ । 

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी, २० बर्षीया राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामी समान्य घाइते भएका छन् । 

जिप चालक १९ बर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ बर्षीउ हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ
जिपमा १६ जना सवार रहेका बताइएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ । घाइतेहरुलाई अस्पताल पठाउने प्रयास भईरहेको छ । टाढा भएकाले घटनास्थलमा अझै घाइते बोक्नका लागि गाडी पुगेको छैन् । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update