Sagun Khabar
बैतडीमा जिप दुर्घटना हुँदा २  जनाको मृत्यु, ९ जना घाइते मध्ये ४ को अवस्था गम्भीर  

बैतडी –बैतडीको सिगासमा जिप दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । 

Atrya hospital

यस्तै दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी, १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ । 

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी र ४४ बर्षीय हरिभान धामी समान्य घाइते भएका छन् । 

जिपमा १२ जना सवार रहेका बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल तर्फ पठाउने काम गरिरहेको छ । 

जिप चालक १९ बर्षीय खगेन्द्र साउँद भने फरार रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update