Sagun Khabar
बैतडीको सिगासमा जिप दुर्घटना 
Atrya hospital

बैतडी –बैतडीको सिगासमा जिप दुर्घटना भएको छ । सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

जिपमा १२ जना सवार रहेका बताइएको छ । घटनास्थल तर्फ प्रहरीको टोली गईसकेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको क्षतिका बिषयमा जानकारी आउन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update