Sagun Khabar
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता सञ्चालन गर्ने 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । क्याम्पसको १३ औं बार्षिकोत्सवको अवसरमा टिकटिक प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख राजेन्द्र जोशीले जानकारी दिए । 

सामाजिक सञ्जालको उपादेयतालाई मध्यनजर गर्दै टिकटक प्रतियोगिता सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख जोशीले बताए । 

Atrya hospital

प्रतियोगितामा भाग लिन चाहनेहरुले क्याम्पसको बिशेषता झल्किने किसिमको बढीमा ३ मिनेटको टिकटक भिडियो क्याम्पसको इमेलमा पठाउनुपर्नेछ । सो भिडियो भदौ १ गते बिहान ७ बजेपछि आफ्नो टिकटक आइडीमा सार्वजनिक गर्नुपर्नेछ । 

टिकटक प्रतियोगितामा सहभागी भएकाहरुमध्ये सर्वोत्कृष्ट सहभागीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख जोशीले बताए । टिकटक भिडियोमा भदौ २ गते बिहान ७ बजे सम्म प्राप्त भ्यु, लाइक र शेयरको आधारमा २० प्रतिशत अंकभार राखिएको छ भने बिषयवस्तुको गहनता र प्रस्तुतीकरणमा ८० प्रतिशत अंक भार राखिएको छ । सोही मूल्याकंनका आधारमा सर्वोत्कृष्ट सहभागी छानिने क्याम्पस प्रमुख जोशीले बताए । 

सामाजिक सञ्जालको सदुपयोग बढाउने र बढ्दो प्रविधिको उपयोगका लागि पहिलो पटक टिकटक प्रतियोगिता सञ्चालन हुने भएकाले सहभागिताका लागि आग्रह गरिएको जोशीले बताए । 

क्याम्पसले भदौ २ गते १३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरेको र टिकटक प्रतियोगिता नौलो अभ्यास भएको क्याम्पस प्रमुख जोशीले बताए । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेटीगाउँ बहुमुखी क्याम्पसमा स्नातक तह सम्म अध्यापन हुँदै आएको छ । शिक्षा संकाय र व्यवस्थापन संकायको पढाई हुँदै आएको सो क्याम्पसमा ४ सय ५० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले बताए । सेटीगाउँ बहुमुखी क्याम्पसमा बैतडी र दार्चुलाका विद्यार्थीहरु बढीजसो अध्ययनरत रहेका उनले बताए । 
Titok1692086189.jpg

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update