Sagun Khabar
लेन्थवर्करका माग पूरा गर्न विद्यार्थी संगठनहरुको माग 

बैतडी –बैतडीको पाटन–पञ्चेश्वर सडकका लेन्थवर्करका माग सम्बोधन गर्न विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै २१ महिनादेखि पारिश्रमिक नपाएर लेन्थवर्कर सडकमा आउनु दुखको कुरा भएको जनाएको छ । 

संघका अध्यक्ष कपील केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सुखी नेपाली समृद्ध नेपालको नारा लगाउने सरकारले श्रमजीविहरुको समस्या नबुझेको उल्लेख गरिएको छ । मजदुरहरुले शुरु गरेको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको र उनीहरुका माग सम्बोधन नभए आन्दोलनमा जाने नेविसंघले चेतावनी दिएको छ । 

Atrya hospital

यसैगरी अनेरास्ववियुले पनि एक विज्ञप्ती प्रकाशित गर्दै मजदुरहरुका माग पूरा गर्न आग्रह गरेको छ । लेन्थवर्करहरुले शुरु गरेको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।

 अनेरास्ववियुका जिल्ला संयोजक सन्तोष राना र सहसंयोजक नरेन्द्र साउँदद्वारा हस्ताक्षरित विज्ञप्तीमा मजदुरहरुका माग ४८ घण्टाभित्र पूरा गर्न आग्रह गरिएको छ । 

मजदुरहरुका माग पूरा नभए आन्दोलन गर्ने अनेरास्ववियुले पनि चेतावनी दिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update