Sagun Khabar
सुदूरपश्चिममा शनिबार कोरोनाबाट एकजनाको मृत्यु, ११ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा शनिबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । असार १० गतेपछि आज सेती अस्पतालमा उपचार गराईरहेका एकजनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । ५८० जनाको परीक्षण गर्दा थप ३४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरीका ११ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update