Sagun Khabar
बैतडीको सिगासमा एकल महिलालाई बाख्रा वितरण 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले एकल महिलाहरुको जिविकोपार्जनका लागि बाख्रा वितरण गरेको छ । गाउँपालिकाभरी रहेका २० बर्ष भन्दा माथिका र ४० बर्षभन्दा मुनिका एकल महिलालाई बाख्रा वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् । 

प्रति व्यक्ति एक बाख्रा दरले बाख्रा वितरण गरिएको उनले बताइन् । गाउँपालिकाभरी रहेका ६५ जनालाई बाख्रा वितरण गर्ने कार्यक्रम रहेको छ । अन्य वडाका महिलाहरुलाई बाख्रा वितरण गरिसकिएको छ भने वडा नं ७ र ८ मा मात्रै बाँकी रहेको उनले बताइन् । 

Atrya hospital

बाख्रा पालन व्यवसायबाट एकल महिलाहरुलाई जिविकोपार्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएको उपाध्यक्ष चन्दले जानकारी दिइन् । 

महिला लक्षित कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएका जनाइएको छ । गाउँपालिकाले बाख्रा वितरण गरेपछि जिविकोपार्जनमा सहज हुने एकल महिलाहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update