Sagun Khabar
बैतडीमा शनिबार दुई जनाले कोरोना जिते, थप २ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार दुईजनाले कोरोना जितेका छन् । दशरथचन्द नगरपालिकाका २ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै शनिबार थप दुईजनामा संक्रमण पुष्टि भएको छ । दशरथचन्द नगरपालिका ८ साङडीका १८ बर्षीय पुरुष र मेलौली नगरपालिका १ का २० बर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा अहिले ८४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ३० जना, दशरथचन्द नगरपालिकामा १२ जना, डिलाशैनी गाउँपालिकामा ९ जना, सुर्नया गाउँपालिकामा ८ जना र दोगडाकेदार गाउँपालिकामा ६ जना रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकामा ५ जना, मेलौली नगरपालिकामा ५ जना, सिगास गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिकामा र पुर्चौडी नगरपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update