अन्तर्राष्ट्रिय युवा दिवसमा मन्दिर परिसरमा सरसफाइ र वृक्षारोपण
बैतडी –अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीको डिलाशैनीमा मन्दिर परिसरमा सरसफाइ र वृक्षारोपण गरिएको छ ।
डिलाशैनी गाउँपालिका वडा नं ६ देवझाडीस्थित वेतालेश्वर मन्दिरमा सरसफाइ र वृक्षारोपण गरिएको गाउँपालिकास्तरीय युवा समितिका सदस्य प्रदीपकुमार जोशीले बताए ।
गाउँपालिकास्तरीय युवा समितिको अगुवाई, स्थानीय व्यापारी, प्रहरी, नागरिकहरुको सहभागितामा सरसफाइ गरिएको जोशीले बताए । धार्मिक तथा सामाजिक क्षेत्रमा युवाहरुको सहभागिताका लागि मन्दिर परिसरमा सरसफाइ गरिएको उनले बताए ।
यस्तै दिवसको अवसर पारेर मन्दिर परिसरमा वृक्षारोपण पनि गरिएको छ । बकाइनो,तेजपात लगायतका बिरुवाहरु रोपिएको जोशीले बताए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १४:२०
प्रतिक्रिया दिनुहोस्




