Sagun Khabar
बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै, २५ दिनमा ५ जनाले गरे आत्महत्या  

बैतडी –बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । पहिला पहिला आत्महत्याका एकाध घटना हुने भएपनि पछिल्ला केही बर्षयता आत्महत्याका घटना बढ्दै गएका छन् । आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेका प्रहरीको तथ्यांकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको २५ दिनमा ५ जनाले आत्महत्या गरिसकेका छन् । यो महिनामात्रै ३ महिला र २ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

Atrya hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । 

यस्तै आर्थिक बर्ष २०७८÷७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेका थिए । 

यस्तै आर्थिक बर्ष २०७७÷७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

विभिन्न मानसिक समस्या, लागु औषध, घरेलु हिंसा लगायतका कारण आत्महत्याका घटना बढ्दै गएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले बताए । मानसिक तनाव लगायतका कारणले यस्ता घटना बढीरहेका उनले बताए । 

आत्महत्याका घटनामा कमी ल्याउनका लागि मानसिक स्वास्थ्यका कार्यक्रम ठाउँठाउँमा सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । मानसिक स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न सकेमा आत्महत्याका घटनामा केही कमी आउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update