Sagun Khabar
एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै 

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (आइतबार) एउटा मात्र  खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमने सामने हुँदैछन्।

प्रतियोगितामा दुवै टोली जित दर्ता गर्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्। जनकपुर बोल्ट्सले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजय भोगेको भए पनि दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई हराउँदै पुनरागमन गरिसकेको छ।

अर्कोतर्फ, पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

हालसम्मको अङ्क तालिकामा जनकपुर बोल्ट्स पाँचौँ स्थानमा रहेको छ भने पोखरा एभेन्जर्स तालिकाको अन्तिम स्थानमा छ। आजको खेल जित्दै दुवै टोली आफ्नो अङ्क तालिकाको स्थिति सुधार्ने दाउमा रहनेछन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update