Sagun Khabar
मेलौलीमा आगामी आर्थिक बर्षको बजेट नगरसभाबाट पारित 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट नगरसभाबाट पारित गरेको छ । ६१ करोड २० लाख २८ हजार बराबरको बजेट सभाबाट पारित भएको नगर उपप्रमुख राधा ओझाले जानकारी दिइन् । 

नगरपालिकाको शुक्रबार सम्पन्न आठौं नगरसभाले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो । यही असार १० गते सभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरिएको थियो । 

Atrya hospital

बजेटमा केही संशोधन सहित पारित गरिएको उपप्रमुख ओझाले जानकारी दिइन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताइन् । यस्तै शिक्षा,कृषि, पूर्वाधार निर्माण, विपद् व्यवस्थापनलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । नगरपालिकाका प्रत्येक वडामा जनसंख्याको आधारमा बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक बर्षका लागि वडा नं १ मा २६ लाख ७६ हजार, वडा नं २ मा २५ लाख ६० हजार, वडा नं ३ मा २२ लाख ६८ हजार, वडा नं ४ मा २१ हजार ५६ हजार र वडा नं ५ मा २० लाख ५० हजार बजेट विनियोजन भएको छ । 

यस्तै वडा नं ६ मा १९ लाख ८४ हजार, वडा नं ७ मा २२ लाख ७२ हजार, वडा नं ८ मा २० लाख २४ हजार र वडा नं ९ मा २० लाख १० हजार बजेट विनियोजन भएको छ । 

बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने समेत उपप्रमुख ओझाले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update