बैतडी - बैतडी घर भएकी बाल गायिका कल्पनाको आवाजमा रहेको गीत सार्वजनिक भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ धुलिधार घर भएकी बाल गायिका कल्पना बिष्टको आवाजमा रहेको गीत सार्वजनिक भएको हो । बिहीवार संगीतकार बिबी अनुरागीको युट्युव च्यानल मार्फत बझाङ -बाजुरा बोलको गित सार्वजनिक भएको छ ।
बिबी अनुरागीको लय तथा शब्द सिर्जनामा रहेको गीतमा बैतडीकी बाल कलाकार कल्पना बिष्टसंगै बाल गायक सुप्रिम मल्लले आवाज दिएका छन् । संगीतकार बिबी अनुरागीले नै एरेन्ज गरेको गीतको मिक्सिङ कमल थापाले गरेका छन् ।
गीत प्रीज्म डिजिटल रेकडिङ स्कटुडियो काठमाण्डौमा रेकर्ड गरिएको हो ।
बाल गायिका कल्पना विष्ट भोलिको नेपाली लोक संगीत क्षेत्रमा स्वर राज गर्न सक्ने सम्भावना प्रवल रहेको संगीतकार बिबी अनुरागीको भनाइ छ । स्थापित भैसकेका बाल गायक सुप्रिम मल्ल ठकुरी र बाल गायिका कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित भएको समेत उनले बताए ।
गीतको शब्दमा सुदूरपश्चिमको भाषाशैलीका लागी गायिका कल्पना र सुप्रिमका पिता कृष्ण मल्लले सहयोग गरेको उनले बताए । बैतडी घर भएकी बाल गायिका बिष्ट गीत गाएर टिकटकमा भाइरल भएकी थिइन् ।
टिकटकमा गीत गाएर भाइरल भएकी कल्पनाले गायक बिष्णु खत्रीको लय तथा शब्द रहेको गैरिखेतलाई कुलो नामक गीतमा स्वर भर्ने अवसर पाएकी थिइन् । स्वरमा जादु रहेकी बिष्टको आवाज यो भन्दा अगाडी सगुन अनलाइन टीभी मार्फत प्रशारण समेत गरिएको थियो । गायिका कल्पनाको स्वरमा रहेका गीतहरु सबैले मन पराउँछन् ।
कल्पनाको स्वरमा रहेको गीत सुन्न यो लिंकमा थिच्नु होस् https://www.youtube.com/watch?v=tsedPS_vseQ