रबिन्द्र प्रसाद भट्ट
गद्यय कविता (किसान)
सरकार तिमिलाई थाहा छ
हाम्रो देशको किसानले आँशु बगाउँदै छ,
तर हाम्रो सरकार भ्रष्टाचारमा रमाउँदै छ
किसान वस्तुुको मुल्य भाउ नपाएर तड्पि रहेको छ
तर सरकार हुस्किमा रमाउँदै छ ।
किसानले
न समयमा मल पाउँछ
न सिंचाई गर्न पाउँछ
न बजार पाउँछ
यहाँ सरकार अन्न आयातमा रमाउँछ ।
न अनुदान पाउँछ
पाउँछ त केवल पहुँच वालाले पाउँछ
सरकार कृषिमा लगानी गर्न छोडेर
नेताहरुको पेट पाल्नमा रमाउँछ ।
सरकार,
किसानको पिडा देखेर त गगन पनि रुन्छ
के तिम्रो मुटु यति कठोर छ,
कि तिमी त्यो पिडा महसुस गर्न पनि सक्दैनौ
या गर्न चाहादैनौँ
के तिमी यति निर्दयी छौ।
एकछिन आफै सोच त
ति किसानको पिडा तिमीले सुनिदिएको भए,
किसानले बगाएको पसिनाको कदर गरिदिएको भए
किसानको साहारा बनिदिएको भए,
आज तिमी कृषि उपज आयात होइन निर्यात गरिरहेको हुन्थ्यौ ।
अब पनि तिमीले किसानको पिडा सुनेनौ भने
किसानले भोगीरहेको पिडाको पापको भागिदार तिमीले हुनुपर्छ
ए सरकार अब त तिमीले ब्युझिनै पर्छ ।