Sagun Khabar
देउवाकाे पक्षमा गरेकाे हस्ताक्षर साेमवार बेलुका ५ बजेसम्म फिर्ता लिन एमालेकाे आह्वान

काठमाण्डौ – नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरूलाई सोमवारसम्ममा हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूलाई सोमवार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । उनले बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षलाई जानकारी गराउने निर्णय गरेको पनि बताए  ।

Atrya hospital

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकर्तालाई आह्वान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आह्वान गरिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update