Sagun Khabar
बैतडीमा शुक्रबार १० जनाले कोरोना जिते, थप ४ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार १० जनाले कोरोना जितेका छन् । पाटन नगरपालिकाका ६ जना, दशरथचन्द नगरपालिकाका ३ र पञ्चेश्वर गाउँपालिकाका एकजनाले कोरोना जितेका हुन् । यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिका र पञ्चेश्वरका एक÷एक जना र डडेल्धुराका दुई जनामा कोरोना पुष्टि भएको छ ।

अहिले जिल्लाभरी ८४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ३० जना, दशरथचन्द नगरपालिकामा १३, डिलाशैनी गाउँपालिकामा ९ जना, सुर्नया गाउँपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिका ६ जना र शिवनाथ गाउँपालिकामा ५ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ५ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update