बझाङ–विद्यालयको कर्मचारी छनोटमा अनियमितता भएको भन्दै बझाङको छविसपाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
बान्नीचौर साधारण तथा प्राविधिक विद्यालयमा सिभिल इन्जिनियरिङ र ल्याव असिस्टेन्ट कर्मचारी छनोटमा अनियमितता भएको भन्दै तालाबन्दी गरिएको हो ।
तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा २०७९ जेठ ३१ विज्ञापन गरिएको भए पनि २०८० साउन १८ गतेमात्रै परीक्षा भएको थियो । कागजात नपुगेको उम्मेदवारलाई छनोट गरिएको आरोप लगाउँदै तालाबन्दी गरिएको छ ।
तीन जना उम्मेदवारको दरखास्त परेकोमा स्थानीय विमल जोशीलाई छनोट गरिएपछि असन्तुष्ट पक्षले पालिकामा नाराबाजीसहित आइतबार तालाबन्दी गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० ०७:५२
प्रतिक्रिया दिनुहोस्