Sagun Khabar
बैतडीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन 
Atrya hospital

बैतडी –बैतडीमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । विद्यार्थी संगठनहरुको आन्दोलनका केन्द्रिय कार्यक्रम अनुसार बिहीबार साँझ सतबाँझमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताए । 

प्रधानमन्त्री ओलीले असंवैधानिक कामहरु गर्दै गएकाले आफूहरु आन्दोलनमा उत्रेको एमालेको नेपाल–खनाल समूहको अनेरास्ववियुका अध्यक्ष भुवन कार्कीले बताए । 

नेपाल विद्यार्थी संघ, नेपाल समूहको अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु अहिले आन्दोलनमा रहेका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरिरहेको विद्यार्थी संगठनहरुको आरोप रहेको छ । केन्द्रिय आन्दोलनका कार्यक्रम अनुसार जिल्लामा पनि आन्दोलन भईरहेको नेविसंघ अध्यक्ष केसीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १०:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update