Sagun Khabar
सुदूरपश्चिममा बिहीबार कोरोनबाट मृत्यु हुनेको संख्या शुन्य, २० जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । असार १० गतेदेखि प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ८८ नमूनाको परीक्षण गर्दा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update