बैतडी –बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ मा दलित परिवारमाथि भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बैतडीबाट गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको ज्ञापन पत्रमा यही श्रावण १० गते स्थानीय पुड्के ओखेडाको निर्माणाधिन घर भत्काउने कार्यमा संलग्नलाई कारवाहीको माग गरिएको छ ।
दलित भएकै कारण ओखेडाको घर भत्काएको आरोप लगाउँदै दोषीमाथि कारवाहीको माग गरिएको हो ।
अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जनअधिकार अभियान नेपाल, दलित उत्थान सामाज बैतडी, नेपाल दलित समाज कल्याण संघ, दलित समाज विकास मञ्च, दलित महिला संघ र मानवअधिकार एलायन्सले जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत सयुक्त रुपमा गृहमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीका इञ्चार्ज बलभद्र दयालले बताए ।
पुड्के ओखेडाको घर भत्काउने कार्यमा संलग्नलाई कानुन अनुसार कारवाहीको माग गर्दै पीडित परिवारको जीउधनको रक्षाका साथै क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ ।





