Sagun Khabar
बैतडीमा कोरोना संक्रमित फेरी बढ्दै, सक्रिय संक्रमितको संख्या ९० पुग्यो 

बैतडी –बैतडीमा गएको तिनदिनदेखि लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । तिनदिन यता कोरोना निको हुनेको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार जिल्लामा थप तिन जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको मेलौली नगरपालिकाका २ जना र सुर्नया गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । 

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९० पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ३६ जना, दशरथचन्द नगरपालिकामा १५, डिलाशैनी गाउँपालिकामा ९ जना, सुर्नया गाउँपालिकामा ८ जना र दोगडाकेदार गाउँपालिकामा ६ जना रहेका छन् ।

Atrya hospital

यस्तै शिवनाथ गाउँपालिकामा ५ जना, मेलौली नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 

बैतडीमा जिल्ला बाहिरका तिन जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो पारेसंगै सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएका छन् । यात्रा गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update