Sagun Khabar
महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

डडेल्धुरा –जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ ।

शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको जनाएको छ । 

Atrya hospital

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र, डुबान भइरहने क्षेत्र र नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तै सुदूरपश्चिमका केही साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update