Sagun Khabar
सुर्नया गाउँपालिकाले गर्यो डोडेश्वर पुल मर्मत 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ४ स्थित डोडेश्वर पुल मर्मत गरिएको छ । पुल जिर्ण हुँदा आवतजावतमा समस्या भएको गुनासो आएपछि गाउँपालिकाले पुल मर्मत गरेको हो । गाउँपालिकाले १ लाख ८० हजारको लागतमा पुल मर्मत गरेको गाउँपालिकाका इन्जिनियर कपील भट्टले बताए । 

सुर्नया गाउँपालिका जोड्ने सडक बन्द रहेका बेला वडा नं १,२,३ र ४ का स्थानीयहरुले आवतजावत गर्ने मुख्य पुलको रुपमा रहेको डोडेश्वर पुल जिर्ण हुँदा निकै अप्ठ्यारो भएको थियो । गाउँपालिकाले पुल मर्मत गरेपछि अब आतजावतमा सहज हुने सुर्नया २ का मोहनबहादुर बिष्टले बताए । उनले भने ‘यो पुल पुरानो बाटोमा रहेको पुल हो । पुल मर्मत भएपछि आवतजावत गर्नेहरुलाई सजिलो हुनेछ ।’

डोडेश्वर पुल नजिकै मसानघाट समेत रहेकाले पुल मर्मत गर्न आवश्यक रहेको थियो । गाउँपालिकाले पुल मर्मत गर्ने निर्णय गरे अनुसार पुल मर्मत कार्य सम्पन्न भएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update