डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका लोगो र गान तयार गर्ने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले लोगो र गान तयार गर्न लागेको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
पालिकाको आफ्नै गान र लोगो बनाउनका लागि प्रस्ताव आह्वान गरेको गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास)ले बताए । पालिकाको गान तथा लोगो निर्माणका लागि छुट्टाछुट्टै शिलबन्दी खाम पेश गर्न भदौ ११ गते सम्मको समय दिइएको उनले बताए ।
पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्न खुला रूपमा आह्वान गरिएको पालिका उपाध्यक्ष वसन्ती पालले बताइन् ।
पालिकाको गान घटीमा ५० शब्द र बढीमा ६० शब्दको हुनुपर्ने पालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।
लिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा गाउँपालिकाको मौलिक विशिष्टता झल्कने हुनुपर्ने र पालिकाको गान र लोगोको मूल्याङ्कन छनोट समितिबाट गरिने अध्यक्ष भट्टले बताए ।
रचनाकारले पालिका गान र लोगोमध्ये कुनै एक वा दुवै विद्यामा प्रतिस्पर्धा गर्न पाउने समेत उल्लेख गरिएको छ ।