Sagun Khabar
पाटन –पञ्चेश्वर सडकका लेन्थवर्करले २१ महिनादेखि पारिश्रमिक पाएनन् 

बैतडी–बैतडीको पाटन –पञ्चेश्वर सडक खण्डमा काम गर्दै आईरहेका लेन्थवर्करहरुले तलब उपलब्ध गराई दिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । २०७६ असोजदेखि आफूहरुले तलब नपाएकाले तलब उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूहरुले ज्ञापन पत्र बुझाएको लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हामी लामो समयदेखि यो सडकमा काम गर्दै आएका छौं । सडक डिभिजन कार्यालय मातहत रहँदा हामीले नियमित तलब पाएका थियौं । प्रदेश सरकार मातहत आएपछि हामीले पारिश्रमिक पाउन सकेका छैनौं ।’

प्रदेश सरकार मातहत सो सडक गएपछि आफूहरुले तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराबाट तलब पाउने मौखिक आश्वासन पाएको तर सो कुरा कार्यान्वयन नभएको उनले बताए । उनले भने ‘हामीले २१ महिनादेखि तलब पाएका छैनौं । संघीय सांसददेखि प्रदेश सांसद, मन्त्री सम्म पनि हामीले हाम्रा समस्याका बारेमा जानकारी गरायौं । तर कसैले हाम्रो समस्या समाधान गरिदिएन् ।’

Atrya hospital

पाटन –पञ्चेश्वर सडकमा काम गर्दै आईरहेका १२ जना लेन्थवर्करहरुले गएको २१ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । कोरोना भाईरसको महामारीको यो अवस्थामा समेत आफूहरुले तलब पाउँदा धेरै समस्या भएको जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

लेन्थवर्करहरुले समस्या समाधान नभए सडक संघर्ष गर्ने चेतावनी समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन् । गएको १० बर्षदेखि आफूहरु सडकमा काम गर्दै आईरहेकोले अब पनि तलब निकासा नभए सडकमै अनसन बस्ने उनीहरुले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update