Sagun Khabar
बझाङमा जिप दुर्घटना

बझाङ- बझाङमा जलविद्युत आयोजना (हाइड्रोपावर)को केमिकल बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको तल्कोट गाउँपालिका–१ सुनिकोट मोडमा चैनपुर सेती हाइड्रोपावरको केमिकल लगेर गएको जिप दुर्घटना भएको हो।
मोडमा अनियन्त्रित भएर  खसेको बा १० च ७२४३ नम्बर जिपमा यात्रु सवार नरहेको र  चालकले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update