Sagun Khabar
बैतडी : पाटन १ मा सञ्चालन भएन प्रधानमन्त्री रोजगार कार्यक्रम !

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ को कार्यालयले समयमै बेरोजगारको सूची नपठाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको छैन् । चालु आर्थिक बर्षमा वडा कार्यालयले समयमा बेरोजगारहरुको छनौट गरेर सूची नपठाउँदा समस्या भएको पाटन नगरपालिकाका रोजगार संयोजक महेश पन्तले जानकारी दिए । उनले भने ‘वडाले समयमा बेरोजगारको सूची नपठाउँदा कार्यक्रम सञ्चालनमा आउन सकेन् ।’

वडा नं १ को कार्यालयले योजनाहरुको छनौट र बेरोजगारहरुको सूची नपठाउँदा कार्यक्रम कार्यान्वयन नभएको पन्तले जानकारी दिए । वडा नं १ ले समयमै सूची नबुझाउँदा झण्डै ३९ लाख बराबरको बजेट वडामा आउन नसकेको उनले बताए । 

Atrya hospital

मन्त्रालयमा समयमै सूची बुझाउनुपर्ने भएपनि पनि वडा कार्यालयले समयमै बेरोजगारहरुको सूची पठाउन नसकेको रोजगार संयोजक पन्तले बताए । 

तर वडा अध्यक्ष गणेशदत्त भट्टराईले भने वडाभित्र धेरै जना बेरोजगार रहेका र ७६ जना मात्रै छनौट गर्न भनेपछि समस्या भएको बताए । पहिला वडामा धेरै जना बेरोजगारको सूची रहेको तर अन्तिममा ७६ जना मात्रै भनेपछि नाम पठाउन नसकिएको उनले बताए । उनले भने ‘अहिले वडालाई दोषी बनाइदैछ । तर समयमै रोजगार शाखाले समेत काम गरेन् ।’

वडाबाट बेरोजगारको सूची प्राप्त नभएपछि वडामा सो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन् । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन नहुँदा स्थानीयबासी भने असन्तुष्ट बनेका छन् । 

पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ करोड ९६ लाखको सिलिङ प्राप्त भएपनि १ करोड ४० लाख मात्रै अहिले सम्म निकासा भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update