Sagun Khabar
बैतडीको शिवपूर्ण आधारभूत विद्यालय तिन तारे घोषणा 
Atrya hospital

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका ३ स्थित शिवपूर्ण आधारभूत विद्यालय बैतडीकै पहिलो तीन तारे विद्यालय घोषणा भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धिका मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चितता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक सुरत चन्दले बताए । 

तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी, शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने  नाराका सहित विद्यालयलाई तीन तारे सुनिश्चितता घोषणा गरिएको प्रधानाध्यापक चन्दले बताए । 

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका १० ओटा सुचक पूरा गरेपछि ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update