Sagun Khabar
सुदूरपश्चिममा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, ३० जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यही असार १० गतेदेखि प्रदेशभरी कोरोनाबाट कसैको मृत्यु नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३० जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ३० जनाले कोरोना जितेको निर्देशनालयको तथ्यांकमा छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८१६ जनाको नमूना परीक्षण गर्दा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update