Sagun Khabar
एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग, खनाल–नेपाल समूहमाथिको कारवाही  निष्क्रिय
फाइल फोटो

काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै केन्द्रीय कमिटी सक्रिय बनाउने निर्णय गरेको हो ।

यस्तै आजको बैठकले पार्टीको स्थायी कमिटीमा आठ जना सदस्य थप्ने निर्णयसमेत गरेको छ । माओवादीबाट आएका चार जना र एमालेका चार जनालाई स्थायी कमिटीमा थप्ने निर्णय भएको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

Atrya hospital

बैठकले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।

यस्तै महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै कारबाहीमा परेका खनाल–नेपाल समूहका ११ जनामाथि गरिएको कारबाहीसमेत निष्क्रिय भएको छ ।

सर्वोच्च अदालतले दिएको पछिल्लो अन्तरिम आदेशले महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीको निर्णयले वैधानिकता नपाएपछि एमालेलाई माओवादीसँग एकताअघिको २०७५ को जेठ २ गतेकै केन्द्रीय कमिटी बिउँताउनुपर्ने बाध्यात्मक अवस्था रहेको थियो । त्यही बाध्यताअनुसार आजको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने, केन्द्रीय कमिटी बिउँताउने र स्थायी कमिटीमा आठ जना सदस्य थप गर्ने निर्णय गरेको हो । 

यसैबीच एमालेको केन्द्रीय कमिटी बैठक यही १८ गते बस्ने भएको छ । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update