Sagun Khabar
बैतडीका १० ओटै स्थानीय तहमा सक्रिय संक्रमित, बुधबार थप ८ जनामा संक्रमण पुष्टि 

बैतडी –बैतडीमा पछिल्लो दुईदिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणमुक्त हुनेको भन्दा संक्रमण हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । गएको दुई दिनमा जिल्लामा संक्रमणमुक्त हुनेको संख्या शुन्य रहेको छ ।

बुधबार थप ८ जनामा संक्रमण पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका ४ जना, मेलौली नगरपालिकाका २ जना, पाटन नगरपालिकाका १ जना र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको हो । मेलौलीमा बुधबार थप २ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लाका १० ओटै स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन् । यसअघि मेलौली नगरपालिकामा गएको असार ८ गते सक्रिय संक्रमितको संख्या शुन्य भएको थियो । 

Atrya hospital

अहिले जिल्लामा ८७ जना सक्रिय संक्रमित रहेका छन् । पाटन नगरपालिकामा ३६ जना, दशरथचन्द नगरपालिकामा १५ जना, डिलाशैनी गाउँपालिकामा ९ जना, सुर्नया गाउँपालिकामा ७ जना र दोगडाकेदार गाउँपालिकामा ६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकामा ५ जना, मेलौली नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र पुर्चौंडी नगरपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका छन् । 

बुधबारदेखि जिल्लाभित्र सवारी साधन सञ्चालनमा आएकाले कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्यका मापदण्डमा पालनामा ध्यान दिन आग्रह गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update