Sagun Khabar
काष्ठकलाकर्मी पार्कीलाई ललितकला विद्यातर्फको प्रादेशिक प्रतिभा पुरस्कार 

बैतडी –काष्ठकलाकर्मी जयबहादुर पार्की ललितकला विद्यातर्फको सुदूरपश्चिम प्रादेशिक प्रतिभा पुरस्कार २०७९ द्वारा पुरस्कृत भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्दिर निर्माण तथा चित्र, मूर्ती,  टुँडाल निमार्ण तथा डिजाइन गरेको भन्दै सो पुरस्कार प्रदान गरेको हो । 

आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री सुदन किराँतीले पार्कीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका उनका आफन्त प्रकाश पार्कीले बताए । उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका मन्दिरहरूको निर्माण, चित्र, मूर्ती, टुँडाल निर्माण तथा डिजाइनको काम गरेका छन् ।

Atrya hospital

पार्कीले डिलाशैनी भगवती मन्दिर,  मौैलिंग मन्दिर, मौन्याल मन्दिर लगायतका विभिन्न मन्दिरमा कलाको काम गरेको बताइएको छ । 

बैतडीको दोगडाकेदार ८ कालागाउँ घरभएका कलाकर्मी पार्की हाल कञ्चनपुरमा बस्दै आएका छन् । पछिल्लो समयमा बिरामी भएर कलाकर्मी पार्कीको काठमाण्डौंको बीर अस्पतालमा उपचार समेत भइरहेको छ । वैशाख अन्तिम सातादेखि बिरामी परेका पार्कीको उपचार जारी रहेको उनकै साथमा रहेका प्रकाश पार्कीले बताए । 

बिरामी भएको अवस्थामा समेत ललितकलातर्फको पुरस्कार प्राप्त भएपछि पार्कीले खुसी व्यक्त गरेको प्रकाशले बताए । पुरस्कारले आफूलाई काष्ठकलाको क्षेत्रमा लाग्न थप हौसला मिलेको उनको भनाइ छ । 

छिट्टै रोग निको भएर आफू कलाकर्मीको रुपमै फर्किने उनले विश्वास समेत व्यक्त गरेका छन् । 

Parki1689330153.jpg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update