Sagun Khabar
रोजगारीका लागि भारत जानेको कोरोना परीक्षण रोकिँदा सकस 
फाइल फोटो

बैतडी –रोजगारीका लागि भारत जानेहरुको कोरोना परीक्षण रोकिएपछि समस्या भएको छ । झुलाघाट नाकाबाट भारतका विभिन्न शहरमा रोजगारीमा जानेहरुको नेपाल तर्फ कोरोना परीक्षण रोकिएको छ । भारत जाने नागरिकको पीसीआर र एन्टीजेन परीक्षण तत्कालका लागि रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

रोजगारीका लागि दैनिक डेढ सय बढी मानिस भारत गईरहेकाले उनीहरुको कोरोना परीक्षण सम्भव नभएको उनले बताए । कोरोना रिपोट नहुँदा रोजगारीका लागि भारत जानेहरु झुलाघाट नाकाबाटै फर्किनुपर्ने अवस्था रहेको छ । भारतले कोरोना रिपोट नहुँदा सम्म नेपाली नागरिकलाई जान दिईरहेको छैन् । यसले गर्दा रोजगारीका भारतमा जानेहरु समस्यामा परेका दशरथचन्द नगरपालिका १ का प्रयागराज भट्टले बताए । उनले भने ‘नेपालीहरु रोजगारी नहुँदा भारत पस्न थालेका छन् । यताबाट पनि कोरोना परीक्षण रोकियो । उता भारतले रिपोट नभई जान दिँदैन । जसरी पनि गरिबहरु मारमा परेका छन् ।’

Atrya hospital

रोजगारीका लागि भारत जाने सबैको कोरोना परीक्षण गर्न नसकिने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । लक्षण देखिएकाहरुको मात्रै परीक्षण हुने भएकाले सबैको परीक्षण गर्न नसकिने उनले सुनाए । 

भारतबाट फर्केका नागरिकहरुको मात्रै कोरोना परीक्षण गरिने र भारत जाने नागरिकको कोरोना परीक्षण गर्न नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टीजेन कीटको अभावमा सबैको कोरोना परीक्षण गर्न असम्भव रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update