Sagun Khabar
भायनेटले ल्यायो नवीकरण अफर, बार्षिक सदस्यतामा २ महिना निःशुल्क 

बैतडी – इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ । भायनेटको इन्टरनेट प्याकेजको बार्षिक सदस्यता नवीकरण गरेमा ग्राहकहरुले दुई महिनाको निशुल्क इन्टरनेट बोनस पाउने भायनेटका बैतडी प्रबन्धक भीमबहादुर महराले बताए । यो अफर यही असार मसान्त रहने उनले बताए । 

भायनेटका ग्राहकहरुलाई इन्टरनेट सेवामा सहज पहुँचका लागि यो अफर ल्याएको महराले बताए । उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकहरुलाई सजिलोका लागि अफर ल्याएको हो । 

भायानेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घर–घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा काम गर्दै आएको छ । 

नवीकरणका लागि भायनेटका नजिकका प्रतिनिधि र कार्यालयमा सम्पर्क गर्न सकिने भायनेटले जनाएको छ । भायनेट सम्बन्धी थप जानकारी www.vianet.com.np मा हेर्न सकिने छ ।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update