Sagun Khabar
बैतडीको दुर्गास्थानमा स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा लिए 
Atrya hospital

बैतडी –बैतडीको दुर्गास्थान स्वास्थ्यचौकीमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा अँखा , कान , नाक , दात लगायतका समस्या भएका  २ सय बढी व्यक्तिले सेवा लिएका छन् । बिद्यालय उमेरका ब्यक्तिहरुलाई सेवा दिने उद्देश्यले संचालन गरिएको शिबिरमा जेष्ठ नागरिकहरुले समेत सेवा लिएको दुर्गास्थान स्वास्थ्यचौकीका प्रमुख गौरी चन्दले जानकारी दिए । 

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा  अहिलेसम्म जिल्लाको ६ ठाउँमा शिविर संचालन भई सकेको जनस्वास्थ्य  निरीक्षक भुवन जोशीले बताए ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मी , आँखा अस्पताल पाटन र बैतडीका प्राबिधिक का साथै डेन्टल सर्जन डा. भुपेश जोशी लगायतको टीमले शिविरमा सेवा दिएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update