Sagun Khabar
बैतडीको सिद्धनाथ सामुदायिक वनमा ११८ रुख काटिएको पुष्टि 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनबाट अनुमति बिना ११८ रुख काटिएका पुष्टि भएको छ ।  नेपाल राष्ट्रिय मावि सिउडेको भवन निर्माणका लागि निर्माण समितिले आफूखुसी सामुदायिक वनबाट रुख काटेको भन्दै गुनासो आएपछि छानबीन समिति गठन भएको थियो । छानबीन समिति सामुदायिक वनभित्र मंगलबार अनुगमन गर्दा ११८ रुख काटिएका भेटिएका सामुदायिक वन उपभोक्ता समितिका सचिव एवं छानबीन समितिका सदस्य मोहनबहादुर बिष्टले बताए । 

छानबीन समितिले अझै पनि अनुगमन गरिरहेको उनले बताए । अहिले सम्म ११८ रुख काटिएको भेटिएको र एकीकृत प्रतिवेदन तयार पारेर समितिलाई बुझाइने उनले बताए । ३ दिन पछि समितिले प्रतिवेदन बुझाउने बिष्टले बताए । 

सामुदायिक वनमा जथाभावी रुख काटिएको बिषयमा गुनासो आएपछि छानबीन समिति गठन गरिएको थियो । प्रतिवेदन आएपछि रुख जथाभावी रुख काट्नेमाथि कस्तो किसिमको कारवाही हुने भन्ने बिषयमा तय हुने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update