Sagun Khabar
महेश औजी र दिपा रोकायाको स्वरमा ‘साली–भिना’ 

बैतडी –चर्चित देउडा गायक महेशकुमार औजी र गायिका दिपा रोकायाको स्वरमा नयाँ गीत ‘साली–भिना’बजारमा आएको छ । तीनदिन अघिमात्रै देउडा दर्पण युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

सैयौं गीतमा स्वर दिइसकेका औजी र रोकायाको पछिल्लो गीत ‘साली–भिना’पनि चर्चामा पुगेको छ । महेश औजी र दीपा रोकायाको स्वर रहेको सो गीतमा सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ । 

Atrya hospital

पुराना देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द र संगीतमा रहेको सो गीत अहिले निकै रुचाएको देउडा गीत अन्तर्गत परेको छ । गायक औजीले गाएका अधिकांश गीतहरु भाइरल हुने गरेका छन् । 

उक्त गीतको भिडियोलाई मेफुज अन्सरीले छायांकन गरेका हुन् भने सुवास देबकोटाले सम्पादन गरेका हुन् । 

उक्त गीतको भिडियोमा महेश कुमार औजी, दिपा रोकाया, स्मृति शाही मञ्जु रोकाया, महेन्द्रराम पार्की लगायत अन्य व्यक्तिहरु देखा परेका छन् । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update