डडेल्धुरा – डडेल्धुरामा भीरबाट लडेर एक किशोरको ज्यान गएको छ ।
जिल्लाको परशुराम नगरपालिका– ३ भट्वाडिका अन्दाजी १८ वर्षीय राम बोहराको भीरबाट लडेर मृत्यु भएको हो । लडेर घाइते भएका बोहराको उपचारका लागि जोगबुडा अस्पताल लैजाँदै बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
बोहरा भागेश्वर मावि कटालमा कक्षा ११ मा अध्ययनरत थिए ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० ०८:४३
प्रतिक्रिया दिनुहोस्