Sagun Khabar
बैतडीको पाटनमा धान दिवस मनाइयो 

बैतडी –बैतडीको पाटनमा धान दिवस मनाइएको छ । नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा धान दिवस मनाइएको हो । पाटन नगरपालिका ६ का किसान नवराज पन्तको खेतमा रोपाँईमा सरीक भएर धान दिवस मनाइएको कृषि विकास शाखा प्रमुख महेश अवस्थीले बताए । 

किसानहरुलाई धानखेतीमा आकर्षित गराउनका लागि खेतमै पुगेर धान दिवस मनाइएको अवस्थीले बताए । पाटन नगरपालिकाले किसानहरुलाई धानको बीउमा अनुदान दिँदै आएको छ । किसानहरुको माग अनुसार उन्नत धानको बीउमा अनुदान दिने गरेको कृषि विकास शाखा प्रमुख अवस्थीले बताए । 

Atrya hospital

धान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख केशवबहादुर चन्द, उपपप्रमुख सरस्वती कोली, नगर प्रवक्ता लोकेन्द्र भण्डारी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो । 

बैतडीमा ९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको छ । त्यो मध्ये पाटन नगर क्षेत्र अढाई हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ । बैतडीमा ४५ प्रतिशत रोपाँई सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update