Sagun Khabar
डडेल्धुरा –धनगढी विद्युतीय माइक्रो बस सेवा सञ्चालन 
Atrya hospital

डडेल्धुरा –डडेल्धुरा –धनगढी विद्युतीय माइक्रो बस सेवा सञ्चालन भएको छ । बुधवारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आएको हो । 

बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार आजदेखि बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउँसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरासम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ ।

बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने लक्ष्य रहेको भट्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update