Sagun Khabar
बैतडीमा भोलीदेखि सार्वजनिक सवारी साधन सञ्चालन हुने 

बैतडी –बैतडीमा भोलीदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन् । कोरोना भाईरसको संक्रमणका कारण गत वैशाख २० गतेदेखि जारी निषेधाज्ञाका कारण सवारी साधन पूर्ण रुपमा बन्द रहेका थिए । निषेधाज्ञा खुकुलो पार्दै भोलीदेखि जिल्लाभरी सार्वजनिक सवारी साधन र निजी भाडाका गाडी सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । तर सवारी साधनहरुले सीट क्षमताको आधा मात्रै यात्रु बोक्न पाइने उनले बताए । 

सार्वजनिक सवारी साधनका चालक र सहचालकको अनिवार्य एन्टीजेन परीक्षण गरेर मात्रै सवारी साधन सञ्चालन गर्न दिइने उनले बताए । उनले भने ‘सवारी साधन चालक र सहचालकको एन्टीजेन परीक्षण गरेर मात्रै सवारी साधन सञ्चालन गर्न दिने व्यवस्था गरेका छौं ।’

Atrya hospital

जिल्लाभित्र सवारी साधन सञ्चालन गर्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने सूचना अधिकारी भारतीले बताए । 

जिल्लाभित्र सवारी साधन सञ्चालनमा आउने भएपनि जिल्ला बाहिरका सवारी साधन भने सञ्चालनमा नआउने सूचना अधिकारी भारतीले जानकारी दिए । 

यस्तै भोलीदेखि सबै पसलहरु बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । व्यापारीहरुको हरेक १५ दिन कोरोना परीक्षण गरिने समेत बताइएको छ । होटेल भने तत्कालका लागि सञ्चालन नहुने तर होटेलहरुले होमडेलीभरी सेवा भने दिन सक्ने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update