Sagun Khabar
सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुने संख्या शुन्य, २३ जना संक्रमण मुक्त 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ । केही दिन यता लगातार प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८ जनाको नमूना परीक्षण गर्दा थप ८३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २३ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update