Sagun Khabar
डडेल्धुराको भागेश्वरको बजेट ४० करोड 
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको भागेश्वर गाउँपालिकाकाले ४० करोड बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले आइतबार आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ४० करोड १८ लाख ८३ हजारको बजेट गाउँसभामा पेश गरेकी हुन् । 

यही असार ७ गते नीति तथा कार्यक्रम ल्याएको भागेश्वरले आइतबार बजेट प्रस्तुत गरी पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।

भागेश्वरले शिक्षालाई प्राथमिकता राख्दै बजेट ल्याएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा जोड दिँदै पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update